४ कार्तिक २०८३, बुधबार

डिल्लीबजार खोरभित्र रहेका बालकृष्ण ढुंगेल बने गीतकार

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिल्लीबजार खोरमा रहेका बालकृष्ण ढुंगेलको शब्दमा गीति एल्बम आउने भएको छ । गीतकार बन्न लागेका ढुंगेलले लेखेका शब्दमा ‘खाली खुट्टे’ एल्वम आउन लागेको हो ।

चैत ८ गते आज (बिहीबार) ढुंगेलद्वारा रचित गीति एल्बम ‘खाली खुट्टे’लाई बबरमहलको कार्की पार्टी प्यालेसमा विमोचन गरिनेछ ।

ओखलढुंगाका माओवादी केन्द्रका नेताहरूले कार्यक्रमलाई संयोजन गरेर ढुंगेलका गीत विमोचनको तयारी गरेका हुन् । ढुंगेल यतिबेला ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा डिल्लीबजार कारागार सजाय भोगिरहेका छन् ।

ढुंगेलले एल्बमका गीतहरू जेल चलान हुनु अगाडि नै लेखेका हुन् । उनका गीतमा गायिका अञ्जु पन्त, चेतन सापकोटा, शिव परियार, दीपक लिम्बु लगायतका गायक गायिकाले स्वर दिएका छन् ।

अञ्जु पन्तले युद्धमा ढलेको युवकको कथा समेटिएको गीत गाएकी छन् । ‘जिन्दावाद भनेर छोरो मेरो मुट्ठी उठाइ ढल्यो’ शीर्षकको गीतमा पन्तले स्वर दिएकी छन् ।