
काठमाडौँ, ७ चैत । युरोपियन युनियनले खस आर्यलाई आरक्षण समूहबाट हटाउन सुझाव दिएपछि नेपाली राजनीतिमा तरंग उत्पन्न भएको छ ।
नेपालमा गएको मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार राजधानीमा निर्वाचन अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै खस आर्यलाई आरक्षण समूहबाट हटाउन सिफारिस गरेको थियो । जसका विषयमा बिभिन्न टिप्पणीहरु भइरहेका छन् ।
यसैक्रममा नेकपा एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले युरोपियन युनियनको टिप्पणीलाई दुभाग्र्यपूर्ण भनेका छन् । यसले नेपाली समाजको एकता र साम्प्रादयिक सदभावमा गम्भीर असर पार्ने भन्दै भट्टराईले आफ्नो निष्कर्ष फिर्ता लिन सुझाव समेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले भनेका छन् – ‘खस आर्यका सम्बन्धमा युरोपियन यूनियनको टिप्पणी दुर्भाग्यपूर्ण छ । यसले नेपाली समाजमा बन्दै गरेको जातीय एकता र साम्प्रदायिक सदभावमा गम्भीर असर पर्न सक्छ । स्वयम ईयुको नियतमाथि समेत प्रश्न उठ्न सक्छ ।यो निष्कर्षलाई फिर्ता लिनु नै बेस हुन्छ ।’
















प्रतिक्रिया