काठमाडौं । गायिका आस्था राउत देशविदेशका कार्यक्रममा व्यस्त हुने गरेकी छन् ।
कहिले अमेरिका त कहिले अष्ट्रेलियासम्म पुग्ने आस्था नेपाली पप गीतका माध्यमबाट राष्ट्रियता झल्काउने विषयका गीतका कारण चर्चामा छिन् । फरक स्वरकी धनी अस्था अहिले महोत्सवहरूमा प्राथमिकतामा पर्ने कलाकार र प्रस्तुतीप्रति रूष्ट छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘कि त यस्तो प्रवित्ति रोक्नुपर्ने कि त १८ वर्ष मुनिकाले हेर्न नमिल्ने लागु गर्नुपर्छ’ लेख्दै कति स्वरका धनी चेलीहरूले महोत्सवमा नगई घरमा बस्नुपर्ने बाध्यता रहेको धारणा सार्वजनिक गरेकी छन् । उनको यो कटाक्ष छाडा प्रवित्तिका गीतलाई मेला र महोत्सवमा प्रोत्साहन गर्दै राम्रा गायकगायिकालाई वास्ता नगर्नेहरूप्रति हो ।
उनले यो सन्देश समाजमा विकृति फैलान मद्दत गर्दै महोत्सव गर्नेहरूका नाममा लेखेकी हुन् । उनले सुझाव थप प्रष्ट सुझाव दिँदै भनिन्,‘आम साधारणले रूचाउने प्रकारका गीत र प्रस्तुतीलाई महत्व दिए सृजनात्मक कलाको पनि संरक्षण हुन्छ ।’
https://www.facebook.com/aastha.raut/posts/10160036337260517?pnref=story















प्रतिक्रिया