२ कार्तिक २०८३, सोमबार

कराते खेलविरुद्ध लाग्ने टाउकेहरूलाई छाड्ने छैनौंः मुख्य प्रशिक्षक प्रसाइँ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । करातेका मुख्य प्रशिक्षक सोभितराज प्रसाइँले कराते महासंघभित्ररहेको विवाद अन्त्य गरेर खेलको विकासमा लाग्न सरोकारवाला निकायलाई आह्वान गरेका छन् ।

मुख्य प्रशिक्षक प्रसाइँले विज्ञप्ति जारी गरेर कराते खेलको विकासका लागि महासंघभित्र विवाद सिर्जना गरेर खेलाडीको पक्षमा भलो नहुने बताएका छन् । उनले कराते महासंघलाई तत्काल विवाद मुक्त बनाउन माग गरेका छन् ।

खेलकुदभित्रको राजनीति र अस्थिरताका कारण दक्षिण कोरियाको इञ्चोकमा भएको एशियन गेममा नेपालले ठूलो लज्जा ब्यहोर्नु परेको भन्दै प्रसाइँले भनेका छन्, ‘देश, खेलाडी र कराते खेलको विकासका लागि म जुन सुकै अप्रिय कदम उठाउन तयार छु ।’

नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र कराते संघ र कराते महासंघभित्रको राजनीतिक विवाद अन्त्यका लागि उनको माग छ । खेलभित्रको विवाद अन्त्य नगरे आफूले आन्दोलन छेड्ने समेत चेतावनी उनले दिएका छन् ।

इण्डोनेशियामा हुन लागेको एशियन गेमको पनि तयारी राम्रो हुन नसकेको भन्दै मुख्य प्रशिक्षक प्रसाइँले चिन्ता जनाएका छन् । उनले इण्डोनेशियामा हुन लागेको खेलमा नेपालबाट सहभागी हुने उत्कृष्ठ खेलाडीको छनौट हुनुपर्ने बताएका छन् । इण्डोनेशियामा हुने एशियन गेमा भाग लिने खेलाडीहरू समावेश गरेर राष्ट्रिय टिम बनाउन पनि माग गरेका छन् ।

यद्यपि, राष्ट्रिय टिम बनाउने विषयमा कसैले ध्यान नदिएपछि मुख्य प्रशिक्षक प्रसाइँले आफैले सातै प्रदेशका सबै जिल्लामा पत्र पठाइ दवाव सिर्जना गरेको बताएका छन् । आफ्नो अभियानमा सहयोग गर्न सबैलाई उनको अपील छ । उनले सरोकारवाला निकायलाई पनि पत्राचार गरेको बताएका छन् ।

प्रसाइँले कराँते खेललाई छिन्नभित्रन्न र आघात पु¥याउने काममा नलाग्न सबैलाई चेतावनी दिएका छन् । ‘कराते खेलको विकासका लागि म जस्तो सुकै मूल्य चुकाउन तयार छु । खेलकुद र तथा उच्च ओहदामाबसेका टाउकेहरूलाई छोड्नेवाला छैन’, विज्ञप्तिमा मुख्य प्रशिक्षक प्रसाइँले भनेका छन् ।