१ कार्तिक २०८३, आइतबार

सिलिकन भ्यालीमा सगुनको पहिलो इन्ट्री, ठूला लगानीकर्ताहरूको ध्यानाकर्षण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्गटन डिसी, ४ चैत । नर्थन क्यालिफोर्नियाको सान्टा क्लारा कन्भेन्सन सेन्टरमा मार्च १३ र १४ मा सम्पन्न छैठौँ वार्षिक ‘भेञ्चर समिट वेस्ट, २०१८’ मा सगुन सहभागी भएको छ ।

सगुन जस्ता शुरुवाती अवस्थाका (स्टार्ट अप) तर, नयाँ सोँच, प्रविधि र आविष्कारमा अगाडि बढेका कम्पनीहरू, संस्थागत तथा व्यक्तिगत ठूला लगानीकर्ताहरू, विज्ञान र प्रविधि क्षेत्रका विशेषज्ञ, विश्वविद्यालयका सोधकर्ता तथा विद्यार्थी लगायत एक हजारभन्दा व्यक्तिको उपस्थिति रहेको यो महासम्मेलनमा पहिलो पटक सगुनको तर्फबाट संस्थापक गोविन्द गिरी तथा सहसंस्थापक कविन्द्र सिटौलाले भाग लिएका छन् ।

सिलिकन भ्यालीलाई प्रविधि क्षेत्रका ठूला नविनतम सोचका कम्पनीहरु रहेको र शुरुवाती अवस्थाका यस्ता कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुको राजधानीकोरुपमा हेरिन्छ । सगुन जस्ता स्टार्ट अप कम्पनीहरुले नयाँ प्रविधि र नयाँ सोचका साथ आफ्ना योजना अगाडि बढाएका हुन्छन् ।

उनीहरूमा शुरुवातीको अवस्थामा आवश्यक पर्ने ठूलो धनराशीको अभाव हुन्छ । अर्कातिर सिलिकन भ्यालीका ‘एञ्जल इन्भेस्टर’हरू लगानीको लागि यस्तै नयाँ सोच र प्रविधिमा काम गर्ने शुरुवाती अवस्थाका कम्पनीहरुको खोजिमा हुन्छन् ।

विश्वमा हुने प्रविधिको क्षेत्रमा शुरु भएका नयाँ कुराहरुका बारेमा अनुसन्धानकर्ता तथा विषय विज्ञहरु लगायत यस क्षेत्रका विद्यार्थीहरु समेत यस्ता कम्पनीहरुको बारेमा जान्न र बुझ्न उत्सुक हुन्छन् । यी सबैलाई एकै स्थानमा ल्याउने काम हरेक वर्ष झैं यस पटक पनि सिलिकिन भ्यालीको ‘योङ्ग स्टार्टअप भेञ्चर’ले गरेको हो ।

महासम्मेलनमा टेक (सफ्टवेयर, इन्टरनेट, सुरक्षा, मोबाइल–डिजिटल मिडिया प्रविधि), लाइफ साइन्स÷हेल्थकेयर (जीवन विज्ञान तथा स्वास्थ्य क्षेत्र), क्लिन टेक (वातावरण, यातायात, जल प्रविधि), एड टेक (शिक्षा प्रविधि), फूड टेक (खाद्य प्रविधि) गरी पाँच प्रकारका प्रविधि क्षेत्रसंग सम्वन्धित व्यक्ति तथा कम्पनीहरुको उपस्थिति रहेको थियो ।

सगुनका संस्थापक गिरीले सम्मेलनमा भाग लिएर सगुनलाई पहिलो पटक सिलिकन भ्यालिमा औपचारिकरुमा उपस्थित गराउन सकिएको बताएका छन् । उनले ठूला लगानीकर्ता, रिसर्चर लगायतले सगुनले आइटीको दुनियाँमा शुरु गरेको इनोभेसन वास्तवमा के हो र यसले सोसियल मिडिया र इकमर्शकको दुनियामा कसरी नयाँ युगको शुरुवात गराउँछ भन्ने कुरा प्रष्टरुपमा जानकारी प्राप्त गर्न सकेको बताएका छन् ।