२ कार्तिक २०८३, सोमबार

विश्वकप फुटबलमा ‘भिएआर’ प्रविधि प्रयोग हुन्, के हो भिएआर ?

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ चैत । रुसमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलमा पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग हुने भएको छ । रुस विश्वकप २०१८ भिएआर प्रयोग भएको पहिलो विश्वकप फुटबल हुने भएको हो ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भिएआर प्रविधि प्रयोग गर्नका लागि औपचारिक रुपमा प्रस्ताव गरेको छ । जर्मनी र इटालीका घरेलु लिगमा प्रयोग गरिएको भिएआर बेलायका केही घरेलु लिगमा परीक्षणको रुपमा प्रयोग भएका छन् ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनाले समयसँग मिल्ने हुनका लागि सुहाउँदो प्रविधि प्रयोग गर्नु पर्ने बताएका छन् ।

भिएआर प्रविधि फिफा क्लब वर्ल्ड कप २०१६ मा पहिलोपटक प्रयोग गरिएको थियो । सन् २०१७ को कनफेडेरेशन कपमा पनि परीक्षण गरिएको थियो । – एजेन्सी