काठमाडौँ, २ चैत । ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस टिन ग्ल्याम–२०१८’का प्रतियोगीले आफुमा रहेको प्रतिभा देखाएका छन् । शुक्रबार तीनकुनेस्थित ग्रिन क्याफेमा आयोजित ‘ट्यालेन्ट राउण्ड’मा उनीहरुले गायन, नृत्य, वक्तृत्वकलालगायत प्रतिभा प्रदर्शन गरेका हुन् ।
प्रतियोगितामा १५ प्रतिष्पर्धीहरुले अन्तिम चरणका लागि प्रतिष्प्रर्धा गर्दैछन् । यी सबै प्रतियोगीले ट्यालेन्ट शिर्षकको उपाधिका लागि आफुमा रहेको प्रतिभा देखाएका हुन् । ट्यालेन्ट शोको निर्णायकमा कलाकारहरु ज्योति काफ्ले (नक्कली बाबुराम), अभिनेता आदित्य बुढाथोकी, गायिका रीता केसी, नीतु कोइराला, गतबर्षको टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइटेल (बोके दाह्री) र गायक सीमान्त सन्तोष रहेका थिए ।
युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगी ता गर्न लागिएको आयोजक ग्ल्याम वर्ल्डका आशिष मिश्रले बताए ।
यहि ५ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगीताको अन्तिम स्पर्धा हुँदैछ । विभिन्न प्रशिक्षणसहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतार्न लागेको कार्यक्रम संयोजक स्मृती कार्कीले बताइन् । शिर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगीतामा प्रतियोगीले विभिन्न उपहार र अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन् । कार्यक्रमको कोरियोग्राफर आश्विनी झा रहेका छन् ।
















प्रतिक्रिया