काठमाडौं । नेपाल बार एशोसीएशनले न्यायपरिषदका सचिव नृपध्वज निरौलाले पदमुक्त भनी प्रधानन्यायाधीश गोपाल पराजुलीका नाममा जारी गरेको पत्र अवैधानिक भएको ठहर गरेको छ ।
आज एक विज्ञप्ति जारी गरी बारले निरौलाले आफ्नो पदीय मर्यादा नाघेृर परिषद बैठकबाट भएको निर्णयलाई समेत वेवास्ता गरी पत्र लेखेकोप्रति आपत्ति जनाएको छ । महासचिव खम्मबहादुर खातीले यस्ता गलत प्रक्रिया र पद्धतिको नजीर बसाउने हो भने विधिको शासन र न्यायिक प्रक्रिया नै अवरोध हुन गई स्वतन्त्र न्यायपालिकाको अस्तित्वमाथि प्रहार हुन सक्ने कुरामा बार एशोसिएसन सदैव चिन्तित छ रहेको भन्दखै विज्ञप्ति जारी गरेका छन् ।
प्रधानन्यायाधीशको अवधि संवैधानिक परिषदले गरेको सिफारिस र राष्ट्रपतिले नियुक्ति गर्दा नै किटान गरिसकेको भन्दै बारले ७ महिनापछि थाहा पाएजसरी न्यायपरिषद सचिवले पत्र लेख्नु वैध नभएको बारले जनाएको छ ।















प्रतिक्रिया