२ कार्तिक २०८३, सोमबार

पीएनजीविरुद्ध नेपाल : नेपालले पायो ११५ रनको विजय लक्ष्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दैछ । पीएनजीले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ निम्तो पाएको पीएनजीले २७ दशमलव २ ओभरमा अलआउट हुँदै ११४ रन बनायो । नेपाली बलरका अगाडी पीएनजीका ब्याट्सम्यान टिक्न सकेनन् । पीनजीका लागि चार्ल्स अमिनीले १९, जेसन किलाले १५, टोनी उराले ११ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ४/४ तथा करन केसी र सोमपाल कामीले समान १ विकेट लिए ।