२ कार्तिक २०८३, सोमबार

चेल्सीविरुद्धको खेलमा मेस्सीले गरे १२७ सेकेण्डमै गोल

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । बुधबार राति भएको खेलमा चेल्सीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले चेल्सीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

जसमा दुई गोल लियोनेल मेस्सीले गरे । उनले पहिलो गोल १२७ सेकेण्ड (तेस्रो मिनेट)मा गरे । जतिबेला चेल्सीका दुई जना खेलाडीले मात्रै बल छुने अवसर पाएका थिए – एक एन्टोनियो रुडिगर र अर्को मार्कोस एलोङ्जो । यो मेस्सीको करियरको ६०१ औँ गोल थियो ।

खेलको २० औँ मिनेटमा ओउसमाने डेम्बेलले गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ २–० मा सकिएको थियो । दास्रो हाफमा बार्सिलोनाले एक थप्यो । ६३ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीविरुद्ध बार्सिलोनालाई ३–० गोल अन्तरको जित दिलाए ।