४ कार्तिक २०८३, बुधबार

दीपिका पादुकोण अग्रस्थानमा, पारिश्रमिक कति ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् पुगेकी छिन् ।

आफू अभिनित फिल्म एकपछि अर्को गर्दै हिट भएका कारण उनले पारिश्रमिक बढाएकी हुन् । दीपिका अभिनित ‘पद्मावत’ हिट भएको थियो । ‘पद्मावत’मा उनलाई निर्माता, निर्देशक सञ्जयलीला भन्सालीले एघार करोड भारु पारिश्रमिक दिएका थिए ।

‘पद्मावत’ सफल भएपछि दीपिकाले आफ्नो पारिश्रमिक १२ देखि १४ करोड भारुसम्म पुर्‍याएकी छिन् । पारिश्रमिक बढाउँदा पनि दीपिकालाई आफ्नो फिल्ममा लिन निर्माता, निर्देशक लालायित नै छन् ।

दीपिकापछि महँगो पारिश्रमिक लिनेमा अभिनेत्री कंगना रनाओत पर्छिन् । कंगनाले १२ करोड भारुसम्म लिने गरेकी छिन् । कंगनाकै हाराहारीमा पारिश्रमिक लिन्छिन्, प्रियंका चोपडाले पनि ।

अर्की अभिनेत्री करिना कपुरले एउटा फिल्ममा अभिनय गरेबापत १० करोड भारुसम्म पारिश्रमिक लिने गरेकी थिइन् । तर, आमा बनेपछि भने उनको बजार भाउ घटेको छ ।

अभिनेत्री अनुष्का शर्माले प्रतिफिल्म ८ करोड, क्याट्रिना कैफले ७ करोड, आलिया भट्टले ७ करोड, सोनाक्षी सिन्हाले ५ करोड, श्रद्धा कपुरले ५ करोड, परिणीति चोपडाले २ करोड, ज्याक्लिन फर्नान्डिसले डेढ करोड, वाणी कपुरले १ करोड र कृति सेननले ७० लाख भारु पारिश्रमिक लिने गरेका छन् । भूमि पेडनेगर र तापसी पन्नुले ५० लाख भारु पारिश्रमिक लिने गरेका छन् । – एजेन्सी