४ कार्तिक २०८३, बुधबार

रोशन र सुनिताको रमाइलो दोहोरी गीत बजारमा, हेर्नुस भिडियो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लमजुङे कलाकारहरु रोशन कुताल क्षेत्री र सुनिता अधिकारीको स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत बजारमा आएको छ ।

बुधबार युट्युवमार्फत सार्वजनिक गरिएको ‘मेरो लमजुङ घर’ बोलको दोहोरी गीत निकै पृथक छ । रिना थापा मगर र विवेक खड्काको अभिनय रहेको गीतमा गायक कुताल र गायिका अधिकारी स्वयमको पनि अभिनय छ । गायिका अधिकारीको छोटो नृत्य झन आकर्षक छ ।

गीतमा रमेश बिजीको शब्द र गायक कुतालकै लय रहेको गीत गत शनिबारमात्रै काठमाडौँमा छायांकन सकिएको छ । यस गीतलाई चर्चित निर्देशक शिव विश्वकर्माले निर्देशन गरेका थिए भने शम्भु चालिसेले क्यामरामा कैद गरेका थिए ।

लमजुङ र दाङप्रतिको माया दर्साइएको यो गीतलाई दर्शक स्रोताले अत्याधिक मन पराइदिने गायक कुताल र गायिका अधिकारीको विश्वास छ ।

हेर्नुस भिडियो