काठमाडौँ, ३० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छिन् । राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीश पराजुलीलाई बुधबार बिहान राष्ट्रपति भण्डारीलाई सपथका लागि निम्तो पठाएको छ ।
पछिल्लो समय सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा आएपछि राष्ट्रपतिलाई कसले सपथ खुवाउने भन्ने अन्यौल रहेको थियो । भण्डारी मंगलबार भएको निर्वाचनमार्फत दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।















प्रतिक्रिया