२ कार्तिक २०८३, सोमबार

तीन जिल्लामा उमा कुङफु संघ गठन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । तीन जिल्लामा उमा कुङफु संघको जिल्ला कार्यसमिति गठन गरिएको छ । लमजुङ, संखुवासभा र धादिङमा जिल्ला कार्यसमिति गठन गरिएको नेपाल उमा कुङफु संघका केन्द्रीय सचिव सिद्धार्थ लामाले जनाएका छन् ।

गुना गुरुङको अध्यक्षतामा ७ सदस्यीय धादिङ जिल्ला उमा कुङफु संघ गठन भयो । उपाध्यक्षमा प्रेमप्रसाद गुरुङ, सचिवमा सन्तोष गुरुङ, सह–सचिवमा आशिष गुरुङ तथा कोषाध्यक्षमा आस्था गुरुङ रहेका छन् । भुपेन्द्र गुरुङ र सोमराज गुरुङ सदस्यमा चयन भए ।

संखुवासभाको अध्यक्षमा गोविन गुरुङ, उपाध्यक्षमा कुमार गुरुङ, सचिवमा छविलाल गुरुङ, सह–सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा जेविन राई तथा सदस्यमा मुनहाङ गुरुङ र जोनी पराजुली छन् ।

त्यसैगरी धादिङमा विजय तामाङले अध्यक्ष, आइत घलेले सचिव र गंगा पाख्रिन तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा प्रकाश तामाङ, विजय क्षेत्री, फिलेमोन तामाङ र सम्झना तामाङ रहेका छन् ।

उता, नेपाल तेक्वान्दो संघले आफू मातहतका सातै प्रदेशका तेक्वान्दो संघका प्रतिनिधि सहभागी गराई मंगलबार राष्ट्रिय भेला आयोजना गरेको छ ।

भेलामा प्रदेश संघको काम, कर्तब्य र भूमिका बारे जानकारी गराइएको थियो । सातै प्रदेशले आ–आफ्ना भावी कार्यक्रम भेलामा प्रस्तुत गरेका थिए । तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले सातै प्रदेश संघलाई आबद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

भेलामा प्रतिनिधिहरुलाई ओलम्पिक मुभ्मेन्ट र चार्टरका बारेमा पनि जानकारी गराइएको थियो । त्यसअघि एकदिने भेलाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।