शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

रुपन्देहीमा बढे श्वासप्रश्वासका रोगी, यस्तो छ कारण

नरेश के.सी/दैनिक नेपाल २०७४ फागुन २९ गते १६:५७


-नरेश के.सी/दैनिक नेपाल
भैरहवा, २९ फागुन । रुपन्देही जिल्लामा वायुप्रदुषण धेरै भएकोले श्वासप्रस्वासका रोगीको संख्या बढ्दैं गएको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको जिल्लाको समग्र स्वास्थ्य अवस्था विषयक तथ्यांकमा जिल्लामा भेटिएका विभिन्न बिरामीमध्ये ६ दशमलब १ प्रतिशत विरामी श्वासप्रस्वासको रोगी भएको देखिएको छ । कार्यालयका स्वास्थ्य अधिकृत टिकाराम अधिकारीले बताए अनुसार जिल्लामा दम, टन्सील, ब्रोनकाइटिस, निमोनिया देखी सामन्य रुघाखोकी जस्ता श्वास प्रश्वासका रोगीको संख्या धेरै छ ।

श्वासप्रस्वासको रोगीको संख्या बढ्दै जानुमा जिल्लामा वातवरणीय प्रभाव मूल्यांकन नै नगरी स्थापना गरिएका उद्योग धन्दा, उद्योग धन्दाले फैलाईरहेको कार्वन उत्र्सजन एवं धुलोधुँवा भएको निमित्त कार्यलय प्रमुख ओमप्रकाश गुप्ताले बताए । रुपन्देहीमा श्वासप्रश्वास पछि छाला रोग दोस्रो स्थानमा देखिएको छ । छालाको रोगको कारण पनि मुख्य रुपमा वायुप्रदुषण भएको जनस्वास्थयको तथ्यांकले देखाएको छ ।

यसैबीच रुपन्देहीमा स्वास्थ्य सम्बन्धी अनुगमन शून्य भएको भन्दैं पत्रकारहरुले स्वास्थ्य अधिकारीहरुको ध्यानकर्षण गराएका छन् । पत्रकारहरुले जिल्लामा अदक्ष व्यक्तिहरुले मापदण्ड विपरित अबैध रुपमा ल्याब, एक्सरे, क्लिनीक, फार्मेसी, प्याथोलोजी मात्रै नभएर निजी अस्पताल सन्चालन गरेको भएतापनि जनस्वास्थ्य कार्यालय मुकदर्शक भएको भन्दै आलोचना गरेका थिए ।

जवाफमा जनस्वास्थका सूचना अधिकारी कृष्ण पोखरेलले जनस्वास्थ्य र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्ट नभएकोले काम गर्न केही कठिनाई बताए बताए । तथापी स्वास्थ्यमाथी खेलबाड गर्ने कामलाई निरुत्साहित गर्न कार्यलयले छुट्टै समिती नै बनाएको जानकारी गराउदैं त्यसलाई प्रभावकारी बनाउन अझै पहल गर्ने पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित