आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

बंगलादेशका नागरिक उड्डयनमन्त्रीसहतिको टोली नेपाल आउँदै

दैनिक नेपाल २०७४ फागुन २९ गते १३:४०


काठमाडौँ, २९ फागुन । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम काठमाडौँ आउँदैछन् । उनीहरु अबको १५ मिनेटमा अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा यूस बंगला विमान दुर्घटना भएकोबारे जानकारी दुई मन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । टोलीले यूस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरुको उपचार तथा दिवंगत भएकाहरुका बारे औपचारिक जानकारी लिने बताइएको छ । यस्तै विदेशमन्त्रीसहितको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारण बारे पनि यहाँका अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।

सोमबार दुर्घटना भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए । जसमध्ये ४९ जनाको मृत्यु भएको थियो । जसमा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन् ।

बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्त समेत रहेको बताइएको छ । यसअघि सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित