४ कार्तिक २०८३, बुधबार

सानोमा यस्ता थिए आमीर खान, केही दुर्लभ तस्वीरहरु

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउड अभिनेता आमीर खानलाई मिष्टर परफेक्ट पनि भनिन्छ । ५३ वर्षका आमीर आजभोलि ‘ठग्स अफ हिंदुस्तान’को सुटिङमा व्यवस्त छन् । उनको आज सोमबार जन्मदिन पनि हो ।

उनको जन्मदिनको मौकामा आमीर सानो छँदाको तस्वीरहरू सार्वजनिक भएका छन् । १९६५ मा जन्मिएका आमीर बलिउडका एक सोच र परिवर्तन चाहने अभिनेतामा दर्जिन्छन् ।

‘यादो की बारात’ भन्ने फिल्म १९७३ मा आएको थियो । सोही फिल्मबाट करिअर सुरू गरेका आमीरको खास नाम महोम्मद आमीर हुसैन थियो । १९८८ मा केवल २३ वर्षका उनी ‘कयामतसे कयामततक’ पछि बलिउडका स्टार भए । फिल्मसँगै सामाजिक काममा पनि आमीर निक्कै सक्रिय रहन्छन् ।

आमीरले ‘दिल’, ‘दिल है की मानता नही’, ‘जो जीता वही सिकन्दर’, ‘हम है राही प्यार के’, ‘अंदाज अपना अपना’, ‘रंगीला’, ‘राजा हिन्दुस्तानी’, ‘इश्क’, ‘गुलाम’, ‘अर्थ’, ‘सरफोश’, ‘दिल चहाता है’, ‘लगान’, ‘मंगल पान्डे’, ‘गजिनी’, ‘थ्री इडियट्स’लगायतका फिल्ममा अभिनय गरे । पछिल्लो पटक उनको निर्माणमा पनि संलग्नता रहेको ‘दंगल’ले निक्कै चर्चा कमायो ।