
काठमाडौँ, २९ फागुन । सोमबार रातिको खेलमा स्टोक सिटीलाई २–० गोल अन्तरले पराजित गरेको म्यान्चेष्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधी नजिक पुगेको छ । म्यान्चेष्टर सिटी अंक तालिकामा दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडभन्दा १६ अंकले अगाडी रहेको छ ।
स्टोक सिटीविरुद्धको खेलमा भएको दुवै गोल सिटीका डेभिड सिल्भाले गरे । सिल्भाले खेलको १० औँ र ५० औँ मिनेटमा गोल गर्दै म्यान्चेष्टर सिटीलाई जित दिलाए ।
३० खेल खेलेको म्यान्चेष्टर सिटीले २६ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार बेहोर्दै ८१ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको ६५ अंक रहेको छ ।















प्रतिक्रिया