
काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको पाइएको छ ।
विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको विमानस्थल स्रोतले जनाएको छ । विमान किन रुट बाहिर गयो यसबारेमा अनुसन्धान गरिने बताइएको छ ।
६७ यात्रुसहित ७१ जना सवार रहेको सोमबार दिउँसो २ः २० मा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । यो विमान १७ बर्ष अगि बनेको बताईएको छ ।
दुर्घटनाग्रस्त विमानबाट २० जनाको शव निकालिएको छ । घाइतको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ जना यात्रुको उद्धार भएको सुरक्षा स्रोतले जनाएको छ ।















प्रतिक्रिया