३ कार्तिक २०८३, मंगलबार

यसरी भयो त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटना, हेर्नुस तस्वीर

119.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आएको जहाज दुर्घटनामा परेको छ ।

दिउँसो २ बजेर २० मिनेटमा अवतरणको क्रममा रनवेबाट चिप्लिएर यूएस बंगलाको जहाज दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जहाज एउटा पखेँटामात्र बाँकी रहने गरी सम्पूर्ण रुपमा जलेको छ । जहाजमा ६७ जना यात्रु थिए । त्यसमध्ये ३३ जना नेपाली र ३२ जना बंगलादेशी थिए । दुई जना चीन र माल्दिभ्सका थिए । अहिलेसम्म १३ नेपालीसहित ४९ जनाको ज्यान गएको छ ।

विपरीत दिशाबाट आएका कारण जहाज दुर्घटना भएको त्रिभुवन बिमानस्थलले जनाएको छ । पाइलटको सावधानीका कारण थप क्षति जोगिएको छ ।