
काठमाडौं, २८ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुली थप संकटमा परेका छन् ।
सर्वोच्चका न्यायाधीश चोलेन्द्र समशेर राणाले इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीश पराजुली थप संकटमा परेका हुन् ।
न्यायाधीश राणाले बहिष्कार गरेपछि सोमबारको इजलास स्थगित भएको छ। प्रधानन्याधीश पराजुलीले गोविन्द केसी र कान्तिपुर पब्लिकेशनविरुद्ध परेको अवहेलनाको मुद्धामा आफ्नै नेतृत्वमा पूर्ण इजलास गठन गरेका थिए। इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, दिपककुमार कार्की, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए।
उनको नेतृत्वमा गठित पूर्ण इजलासमा नबस्ने भन्दै न्यायाधीशले राणाले लिखित वक्तव्य सुनाएका थिए । प्रधानन्यायाधीश पराजुलीको गत साउनमै अवकाश भएको न्यायाधीश राणाको जिकिर छ ।















प्रतिक्रिया