४ कार्तिक २०८३, बुधबार

साम्राज्ञी अभिनित नयाँ फिल्मको ट्रेलर सार्वजनिक

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणा निर्मित तथा निर्देशित फिल्ममा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन् ।

सांगीतिक प्रेमकथानक फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् ।

चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाह, मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी, दीपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।