३ कार्तिक २०८३, मंगलबार

कैलाली घटनाका विषयमा सदनमा कुरा उठ्यो

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । कैलालीमा बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीको विषयले संसदमा प्रवेश पाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद वर्षमान पुनले उक्त घटनाको कुरा उठाएका हुन् ।

एक्काइसौँ शताब्दीमा पनि समाज अझै यस्ता अमानवीय घटना भइरहेकोले यसतर्फ सबैको ध्यान जानुपर्ने उनले बताएका हुन् । साथै केही दिनअघि तराईमा भएको बालिका बलात्कारको घटनाका विषयमा पनि सांसद पुनले बोलेका छन् ।

उनले अबदेखि यस्ता घटना घटेको सुन्न नपरोस् भन्ने कामना गरेका छन् । समाजलाई समृद्ध बनाउँदै अघि बढ्नुपर्ने उनको भनाई छ । यस्ता घटना घट्नेतर्फ सचेत हुनुपर्ने सांसद पुनले बताए ।

गएको २५ गते कैलालीका घोडाघोडी नगरपालिका–५, देउकलीमा १७ वर्षकी चौधरीमाथि बोक्सीको आरोप लगाउँदो ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरी र पार्वती भनिने किस्मती चौधरीले गाउँलेकै अघि निर्घात कुटपिट परेका थिए । उनीहरु दुवै जना पक्राउ परिसकेका छन् । किशोरीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।