नयाँ दिल्ली । बलिवुड अभिनेता नवाज़ुद्दीन सिद्दीकी माथि सीडीआर (कल डिटेल रिकर्ड) घोटालामा आफ्नी पत्नीको जासूसीको आरोप लगेको छ ।
तर, उनकी पत्नी आलिया सिद्दीकीले नवाजुद्दीविरुद्ध लागेको आरोपको खण्डन गरेकी छिन् । आलियाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आरोपहरू खारेज गरिदिएकी हुन् । आलियाले आफ्ना पतिलाई लागेको जासुसीको आरोपबाट हैरान भएको टिप्पणी गरेकी छिन् ।
‘मीडियामा जुन समाचार आइरहेका छन् त्यसबाट हामी पति–पत्नी हैरान भएका छौँ’, आलिया सिद्दीकीले फेसबुकमा लेखेकी छिन्, ‘पहिला पनि मेरो र नवाजका बारेमा अनर्गल समाचार आइरहेका थिए । हामीबीच डिभोर्स भएका समाचार पनि आए । हामीविरुद्ध फेरि अनर्गल समाचार आएको छ । त्यसमा सत्यता छैन ।’
पछिल्ला दिन नवाजको बायोग्राफीलाई लिएर धेरै आलोचना भएको थियो । आलियाले भनेकी छिन्, ‘नवाज साँचो बाल्छन् । उनको यो दोष पनि हो । नवाजको मनभित्र कुनै पनि झुठ्ठा कुरा रहन सक्दैन ।’ – एजेन्सी















प्रतिक्रिया