३ कार्तिक २०८३, मंगलबार

चैतको पहिलो साताभित्र मन्त्रिपरिषद विस्तार, को–को सहभागी हुँदै छन् ?

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । एमालेका सचिव प्रदीप ज्ञवालीले चैतको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान कुरा गर्दै सचिव ज्ञवालीले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई समेत सहभागी गराएर मन्त्रिपरिषद विस्तार हुने बताए ।

‘प्रधानमन्त्री केपी ओलीले चैतको पहिलो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ’, उनले भने, ‘वाम गठबन्धनभन्दा बाहिरका दलहरू पनि सहभागी हुन्छन् ।’

संघीय फोरम र राजपा सरकारमा सहभागी हुने सहमति भइसकेको बताएका ज्ञवालीले भने, ‘लिखित सहमति हुन बाँकी छ । उहाँहरूलाई एमालेले सम्मानजनक ठाउँ दिन्छ ।’

सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रका केही नेताहरूले पनि शपथ लिने बताए ।