शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

के सेक्सपछि रक्तस्राव हुनु सामान्य हो ?

दैनिक नेपाल २०७४ फागुन २७ गते ८:२२

काठमाडौँ, २७ फागुन । कतिपय महिलाहरुमा यौनसम्पर्क गरिसकेपछि योनीबाट रक्तस्राव हुने गर्दछ । करिव ०.७ देखि ९ प्रतिशत महिनावारी हुने महिलाहरुमा यौनसम्पर्कपछि योनीबाट रक्तस्राव हुन सक्छ । मेडिकल भाषामा यसलाई पोष्टकोइटल ब्लिडिङ (Postcoital bleeding) भन्ने गरिन्छ ।

यौनसम्पर्कपछि हुने रक्तस्रावलाई बुझाउन मेडिकल समुदायमा यो शब्दको प्रयोग गर्ने गरिन्छ । रक्तस्राव विभिन्न कारणले हुन सक्छ, तर के रक्तस्राव हुनु सामान्य हो ? वा केही खतरा हुन्छ ?

रक्तस्रावका कारणहरु के के हुन् ?

चोट लाग्नु

यौनसम्पर्कको समयमा हुने तीब्र घर्षणका कारण योनीको संवेदनशील मांशपेशीमा ससाना घाउ हुनुको साथै मांशपेशी च्यातिन सक्छ । बच्चा जन्मदा पनि योनीको मांशपेशी तन्कने तथा च्यातिने हुन्छ । जसले कहिलेकाही थप चोट लाग्ने जोखिम निम्त्याउँछ ।

पहिलो पटक यौनसम्पर्क गर्दा पनि योनीमा हुने हिमन नामक पातलो झिल्ली च्यातिदा रक्तस्राव हुन सक्छ । जसबाट १ देखि २ दिनसम्म रक्तस्राव हुन सक्छ ।

योनीको सुख्खापना

पोष्टकोइटल ब्लिडिङको एक मुख्य कारण योनी सुख्खा हुनु हो । योनीको भित्री छाला सुख्खा हुँदा यौनसम्पर्कको बेला घाउ हुन सक्ने सम्भावना हुन्छ । मोनोपज, डिम्भासयमा क्षति पुग्दा अथवा हटाइदा, बच्चा जन्मदा तथा स्तनपान गराउँदा, इच्छाविना यौनसम्पर्क गर्ने लगायतका कारण योनी सुख्खा हुन सक्छ ।

संक्रमण

सबै प्रकारको संक्रमणले योनीको मांशपेशीमा सूजन उत्पन्न गराउँछ, जसले गर्दा यौनसम्पर्कको समयमा उक्त मांशपेशीमा सजिलै क्षति पुग्न सक्छ । यिष्ट इन्फेक्सन, पेल्भिक इनफ्लामेटोरी डिजिज, सर्भिसिटिस, भेजिनाइटिस तथा गोनोरिया र क्लामाइडिया जस्ता यौन सम्पर्कबाट सर्ने रोगका कारण योनीमा संक्रमण हुन सक्छ ।

सर्भिकल पोलिप्स

योनीको मांशपेशीमा पलाउने क्यान्सररहित मासलाई पोलिप्स अथवा फाइब्रोइड्स भन्ने गरिन्छ । विशेषगरी महिनावारी हुने महिलाहरुमा यो प्राय पाठेघर र पाठेघरको मुखमा देखिने गर्छ । जसले गर्दा पिडा हुनुका साथै रक्तस्राव पनि हुने गर्दछ ।

क्यान्सर

क्यान्सरका कारण योनीको मांशपेशी सजिलै क्षति पुग्न सक्ने हुन सक्छ । यौन सम्पर्कपछि हुने रक्तस्रावलाई पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको रुपमा लिने गरिन्छ ।

जोखिमका कारकहरु

– सुख्खा योनी
– निर्जलीकरण
– आक्रमक यौनसम्पर्क
– रोगप्रतिरोधात्क क्षमतामा प्रभाव पार्ने औषधी
– रोगप्रतिरोधात्क अवस्था
– पारिवारीक इतिहास
– क्यान्सर
– मनोपज
– कण्डमको प्रयोग नगर्नु
– चिन्ता
– यौनसम्पर्कको अनुभव नहुनु
– संक्रमण
– मधुमेह
– उच्च रक्तचाप

निदान

यसको निदान तथा व्यवस्थापनको लागि कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नियमहरु छैन । चिकित्सकहरुले विरामीसँग यसको अवस्था तथा पारिवारी इतिहासको बारेमा केही प्रश्नहरु सोधेर यसको निदान गर्न सक्छन् । यसको लागि शरीर पूर्ण जाँच पनि आवश्यक हुन सक्छ ।

चिकित्सकहरुले अन्य टेष्टहरु जस्तै योनीको मांशपेशीको जाँच, असामान्य रुपमा बढेका मांशपेशीको शल्यक्रिया, अल्ट्रासाउण्ड, कोल्पोस्कोपी, रगत जाँच तथा गर्भावस्था परिक्षण गर्न सक्छन् ।

चिकित्सकलाई कहिले देखाउने ?

यौनसम्पर्क पछि गम्भीर रुपमा रक्तस्राव भएमा, बारम्बार भएमा तथा धेरै समयसम्म भएमा चिकित्सकलाई देखाउन जरुरी हुन्छ ।

रक्तस्रावसँगै अन्य निम्न लक्षणहरु पनि देखि चिकित्सककोमा जानु आवश्यक छः
– योनीमा पोल्न तथा चिलाउने
– असामान्य रुपमा रक्तस्राव हुने
– अत्याधिक पेट दुख्ने
– वाकवाकी लाग्ने तथा खाना नरुच्ने
– पिसाब गर्दा वा यौन सम्पर्क गर्दा पोल्ने
– ढाडको तल्लो भाग दुख्ने
– थकाई महशुस हुने
– टाउको दुख्ने
– छाला पहेँलो हुने

रोकथामका उपाय

धेरैजसो अवस्थामा रक्तस्राव एकभन्दा धेरै कारणले हुने हुनाले यसमा कुनै विशेष प्रकारको उपचार हुँदैन । तर निम्न प्रकारले यसको उपचार गर्न सकिन्छः

– योनीलाई नरम बनाउने
– ब्याक्टेरियाबाट हुने संक्रमणको लागि औषधी (एन्टीबायोटिक) सेवन गर्ने
– भाइरल संक्रमणको लागि औषधी लिने
– पाठेघर तथा यसको मुखमा मासु पलाएको खण्डमा शल्यक्रिया गर्ने
– क्यान्सर भएको खण्डमा शल्यक्रिया गर्ने अथवा थेरापी लिने

प्रतिक्रिया
सम्बन्धित