शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

नेपालको लगातार तेस्रो हार, अफ्गानिस्तानसँग ६ विकेटले पराजित

दैनिक नेपाल २०७४ फागुन २६ गते १९:३८

काठमाडौँ, २६ फागुन । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको खेलमा नेपाल शनिबार अफ्गानिस्तानविरुद्ध खेलमा ६ विकेटले पराजित भएको छ । नेपालले अफ्गानिस्तानसामु पेश गरेको १९५ रनको विजय लक्ष्य अफ्गानिस्तानले ३८ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भट्टायो ।

अफ्गानिस्तानलाई जिताउन नजिबुल्लाह जद्रानले सर्वाधिक ५२, रहमत साहले ४६, मोहम्मद नाबीले ३४, जाभेख अहमादीले २६ तथा रसिद खानले २१ रनको योगदान गरे । नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र करन केसीले समान १ विकेट लिएपनि जितको लागि पर्याप्त भएन ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले १ बल बाँकी छँदा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन बनाए । ८२ बल खेलेको खड्काले १ छक्का र १० चौकाको मद्यतले ७५ रन बनाएका हुन् । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्ल र आरिफ सेखले समान २३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो रन बनाउन सकेनन् ।

अफ्गानिस्तानका मोहम्मद नाबीले ४, रसिद खानले ३, सपूर जद्रानले २ तथा मुजिब रहमानले १ विकेट लिए ।

विश्वकप छनौटमा नेपालको यो तेस्रो हार हो । यसअभि नेपाल आयोजक जिम्बावे र स्कटल्याण्डसँग हारिसकेको छ । तेस्रो हारसँग नेपाल सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित