काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विजयी भएका स्वतन्त्र सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतदान गर्ने भएका छन् ।
राप्रपाका प्रवक्त भुवन पाठकद्वारा शनिबार जारी प्रेस विज्ञप्तिअनुसार सांसद लिङदेनले ओलीका पक्षमा मदतान गर्नेछन् ।
प्रधानमन्त्री ओलीले आइतबार संसदबाट विश्वासको मत लिँदै छन् । ओलीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा नेपाल र साना स्वतन्त्र दलहरूले विश्वासको मत दिने जनाएका छन् ।
नेपाल कांग्रेसले भने ओलीको विपक्षमा मतदान गर्ने जनाएको छ । ओली सरकारको गुण र दोषका आधारमा आगामी दिनमा धारणा बनाउने जनाएको छ ।















प्रतिक्रिया