रुकुम पश्चिम । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको सहयोगार्थ लोकप्रिय सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल गायन कार्यक्रमको आयोजना गरिएको छ ।
एकल गायन कार्यक्रममा श्रेष्ठले आफ्नो गायनको क्रममा राष्ट्रिय भाव, आधुनिक, गजल र लोकगीत प्रस्तुत गरेका थिए ।
आफ्नो एकल सङ्गीतमा रहेका गीतहरूको गायनका क्रममा राष्ट्रकवि माधव घिमिरेको पश्चिम रुन्छ महाकाली …कालीप्रसाद रिजालको सुन हे सुन … दिनेश अधिकारीको पूर्व जागौँ पश्चिम जागौँ … रमेश क्षितिजको परेलीको बर्षातले … बटुवा हो मान्छे भन्नु … दामु मर्सिफुलको आउँछु भनी निष्ठुरीले … सरोज के.सी.को तिम्रो दिलमा चोट लाग्दा … लगायतका गीतहरु गाएका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा अध्यक्ष मनलाल ओलीको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा साहित्यकार तथा केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले सन्तोष श्रेष्ठको व्यक्ति परिचय गराए ।















प्रतिक्रिया