काठमाडौँ, २६ फागुन । प्रतिनिधि सभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले उनलाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।
महरालाई प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध निर्वाचित भएको औपचारिक रुपमा घोषणा गरेका हुन् । उनलाई नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालको पनि समर्थन मिलेको छ । महराको उम्मेदवारीमा एमाले सांसद एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए ।















प्रतिक्रिया