२ कार्तिक २०८३, सोमबार

म्यानचेस्टर सिटीका प्रशिक्षकलाई जरिवाना

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ फागुन । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई फुटबलको नियम उल्लंघन गरेको भन्दै फुटबल एसोसिएशन (एफए)ले जरिवाना तिराएको छ ।

गार्डिवलामाथि खेलका बेला मैदानमा उपस्थित हुँदा राजनीतिक सन्देश दिने पहेँलो रिबन लगाएको भन्दै फुटबल एसोसिएशनले आरोप दर्ता गरेको थियो । त्यो आरोप उनले स्वीकार पनि गरेका थिए ।

गार्डिवलालाई एफए कप अन्तर्गत विगानसँगको खेलमा टच लाइनमा उपस्थित हुँदा पहेँलो रिबन लगाएकोमा २० हजार पाउण्ड जरिवाना तिराइएको हो ।

गार्डिवलाले बन्धक बनाइएका स्पेनको क्याटालोनियाका नेताको समर्थनमा पहेँलो रिबन लगाएका हुन् । एफएले राजनीतिक सन्देश दिने पहेँलो रिबना नलगाउन भन्दै गार्डिवलालाई यसअघि दुईपटकसम्म चेतावनी दिएको थियो ।

म्यानचेस्टर सिटीका प्रशिक्षकतर उनले स्वन्तत्रताको पक्षमा रहेका क्याटालोनियाका नेताको समर्थनमा रिबन लगाउन छोडेनन् । उनी पनि क्याटालोनियाकै हुन् । उनले आरोप दर्ता भएपछि पनि रिबन लगाउन छोडेका छैनन् । गएको नोभेम्बरमा उनले स्वतन्त्र क्याटालोनियाको माग गर्दा बन्धक बनाइएकाको समर्थनमा आफूले पहेँलो रिबन लगाएको बताएका थिए ।

गएको अक्टोबरमा क्याटालोनियामा स्वतन्त्रताका लागि जनमतसंग्रह भएपछि त्यस अभियानका दुई नेतालाई स्पेन सरकारले बन्धक बनाएको छ । स्पेन सरकारले त्यो जनमतसंग्रहलाई गैरकानुनी भनेको थियो ।

गार्डिवलालले त्यसपछि विभिन्न मौकामा पहेँलो रिबन लगाउने गरेका छन् । उनले पहेँलो रिबन लगाउन नपर्ने दिन चाँडै नै आउने आश रहेको बताउने गरेका छन् । – एजेन्सी