
काठमाण्डौ । नायिका निता ढुङ्गानाले आउँदो वैशाखमा विहे गर्ने खुलाएकी छन् । एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै उनले केटा खोजिसकेको र वैशाखमा विहे गर्ने तयारी भइरहेको बताइन् ।
‘केटा खोजिसके, अब वैशाखमा विवाह गर्छु, परिवारसँग पनि कुरा भइरहेको छ ।’ उनले भनिन् । प्रेमी आमेश भण्डारीसँगको विछोडपछि एक्ली भएकी ढुङ्गानले अब विवाह गरेरपछि मात्रै प्रेम गर्ने समेत बताईन् ।
कुराकानीका क्रममा उनले फिल्मक्षेत्रको विकृतिको पनि विरोध गरेकी छिन् ।
हेर्नुहोस् भिडियो















प्रतिक्रिया