३ कार्तिक २०८३, मंगलबार

राष्ट्रियसभा तीन सदस्यले शपथ लिए

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रियसभाका तीन सदस्यले शुक्रबार शपथ लिएका छन् ।

सरकारले राष्ट्रियसभामा सिफारिस गरेर राष्ट्रपतिले मनोनयन गरेपनि मुद्दाका कारण उनीहरुको शपथ रोकिएको थियो । राष्ट्रियसभाका जेष्ठ सदस्य तारा देवी भट्टले युवराज खतिवडा,रामनारायण विडारी र विमला पौड्याल राईले पद तथा गोपनियता शपथ खुवाएकी हुन् ।

उनीहरूलाई केपी ओली प्रधानमन्त्री भएपछि सरकारले राष्ट्रियसभामा सिफारिस गरेको थियो । देउवा सरकारले सिफारिस गरेका तीन जना सदस्यको नाम फिर्ता लिएर सरकारले खतिवडा, विडारी र पौड्याल राईको नाम पठाएको थियो । उनीहरूलाई राष्ट्रपतिले मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका तीन सदस्य सर्वोच्च अदालत गएका थिए।

सर्वोच्च अदालतले ओली सरकारको सिफारिसमा मनोनित भएका तीनजनाको शपथ रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्रियसभाका अन्य सदस्यले गएको २० गते शपथ लिएपनि अदालतको आदेशकै कारण उनीहरुको शपथ भएको थिएन ।

सर्वोच्चले दुवै पक्षको बहस सुनेपछि पहिले दिएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सपथको बाटो खुलेको हो ।