काठमाडौं, २५ फागुन । महिला दिवसको अवसरमा सानेपास्थित हेरिटेज गार्डेनमा पिरियड पावर तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतिस्पर्धाको आयोजना गरिएको छ ।
फागुन २३ गतेदेखि प्रारम्भ भएको यस प्रतियोगिताको छनोट चरण सकाएर बिहीबार अन्तिम चरणको प्रतिस्पर्धाकोे आयोजना गरिएको हो । पहिलो चरणबाट ६० केजीभन्दा कम तौलको विधामा १३ खेलाडी फाइनलमा प्रवेश गरेका थिए ।
६० केजीभन्दा बढी तौलको विधामा २५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए । यसरी छनोट भएका मध्ये ६० केजीभन्दा कम तौलको विधामा क्रमशः नेहा बानु (१२० केजी), अरुणा बस्नेत (११५ केजी) र ज्योति थापा (१०० केजी) पहिलो, दोस्रो र तेस्रो स्थानमा विजयी भएका छन् ।
६० केजीभन्दा बढी तौलको विधामा क्रमशः सेलिना हाडा (१४० केजी), उमा महर्जन (१२५ केजी) र अञ्जना राई (१२२.५ केजी) पहिलो, दोस्रो र तेस्रो स्थानमा विजयी भएका छन् ।
विजय खेलाडीहरुलाई दुई अलग विधामा ६ वटा पुरस्कार धनराशीको व्यवस्था गरिएको थियो । पहिलो हुनेलाई पुरस्कार रु ५० हजार, दोस्रोे पुरस्कार रु ३० हजार, तेस्रो पुरस्कार रु २० हजार प्रदान गरिएको छ ।
















प्रतिक्रिया