काठमाडौँ, २४ फागुन । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले बिहीबार स्कटल्याण्डको सामना गरिरहेको छ । नेपालले स्कटल्याण्डसामु १५० रनको विजय लक्ष्य पेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १४९ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । त्यस्तै बसन्त रेग्मीले नटआउट २४, सोमपाल कामीले १८, र रोहितकुमार पौडैलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
स्टकल्याण्डका लागी स्टुवार्ट ह्विटिंगमले ३, सफ्यान सरिफले २, तथा रिची, इभान्स र टोम सोलीले समान एक–एक विकेट लिए ।
अहिले केहीबेरमा स्कटल्याण्ड जवाफी ब्याटिङमा उत्रदैँछ ।















प्रतिक्रिया