काठमाडौं । गायिका विन्दु परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘पर्ख पर्ख मायालु’ बोलको गीत सामाजिक सञ्जाल युट्युबमा अत्याधिक रुचाइएको गीतमा परेको छ ।
छविराज ओझाद्वारा निर्माण गरिएको फिल्म ‘मंगलम’मा रहेको यो गीतले युट्युबमा एक करोड भ्युज पाएको छ । युट्युबमा रिलिज भएको ६ महिनामा गीतले एक करोड भ्युज पाएको हो ।
गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । गीतले युट्युबमा एक करोड भ्युज पाएको उपलक्ष्यमा निर्माण युनिटले बुधबार राजधानीमा एक सेलिब्रेसन कार्यक्रम समेत आयोजना गरेको थियो ।
निर्माण युनिटले केक काटेर गीतको एक करोड भ्युज सेलिब्रेसन गर्यो । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार पुष्प खड्का र शिल्पा पोखरेलले कम्मर मर्काएका छन् ।
फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा पोखरेल, पुष्पका खड्का, पृथ्वीराज प्रसाईं, नीर शाह, मिथिला शर्मालगायतको मुख्य भूमिका छ ।















प्रतिक्रिया