
काठमाडौँ, २३ फागुन । संसदको सपथ ग्रहण नै नगरी प्रधानमन्त्री बनेको भन्दै केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट परेको छ ।
सपथ नलिई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले बुधबार रिट दायर गरेका हुन् ।
मुद्दाको रिटमाथि आउँदो शुक्रबारका लागि पेसी तोकिएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुले फागुन २० गते शपथ लिएको भएतापनि फागुन ३ गते शेरबहादुर देउवाले राजिनामा दिएलगत्तै सोही दिन उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री बनेकी दिन दुई जना मन्त्री थपेका प्रम ओलीले फागुन १४ गते ४ मन्त्री थपेका थिए । तर, सरकारले अझै पूर्णता पाउन सकेको छैन ।















प्रतिक्रिया