काठमाडौँ, २३ फागुन । क्रिष्टियानो रोनाल्डो र केसमिरोले दोस्रो हाफमा गरेको गोलले पेरिस सेन्ट जर्मन (पीएसजी)लाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले १ गोल फर्कायो । एग्रिगेटमा रियलले पीएसजीलाई ५–२ ले हराएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको सो खेलको ५१औँ मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ६६ औँ मिनेटमा मार्को भिराटि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । तर पनि पीएसजीका लागि एडीनसन केभनीले ७१ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए । केसमिरोले ८० औँ मिनेटमा गरेको गोलले रियले जित हात पारेको हो ।
त्यस्तै मंगलबार राति नै भएको खेलमा पोर्तोलाई हराउँदै लिभरपुल पनि च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।
एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पार्यो ।
















प्रतिक्रिया