२ कार्तिक २०८३, सोमबार

एमाले स्थायी समिति बैठक अझै शुरु भएन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । दिउँसो ४ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी समिति बैठक एकघण्टा ढिला भइसक्दा पनि शुरु भएको छैन ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार नेताहरु पुग्ने क्रम जारी छ । अब केहीबेरमा बैठक शुरु हुनेछ ।

एमालेबाट पूर्वप्रधानमन्त्री एवं पूर्व अध्यक्ष झलनाथ खनाल राष्ट्रपतिको लागि आकांक्षी देखिएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमालेबाटै दोहोरिन चाहेकी छन् ।

बुधबार राष्ट्रपतिको मनोनयन रहेकाले मंगलबारनै उम्मेदवार टुङ्ग्याउने एमालेको तयारी छ ।