
काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा बैठक आउँदो २६ गतेसम्मका लागि स्थगित भएको छ । संसदको दोस्रो बैठक मंगलबार बसेको थियो । अर्काे बैठक अब २६ गते दिउँसो १ बजे बस्नेछ ।
मंगलबार सबेको बैठकले १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । आफ्नो कार्यसञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, काम कारबाही र सदन एवं समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको कार्यविधिमा सहजता ल्याउन समिति गठन गरिएको हो ।
एमाले सांसद भानुभक्त ढकालले प्रस्तावमा समिति गठन गरिएको हो । समितिको सदस्यमा कृष्णभक्त पोख्रेल, जुली महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, बृजेशकुमार गुप्ता, मिनबहादुर बिश्वकर्मा, डा.मिनेन्द्र रिजाल, रबिन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, बिन्दा पाण्डे, बिमलप्रसाद श्रीवास्तव रहेका छन्।















प्रतिक्रिया