३ कार्तिक २०८३, मंगलबार

संसदमा राजेन्द्र लिंगदेनको नाम ‘गायब’ भएपछि…

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले सदनमा बोल्ने नपाएको भन्दै ध्यानाकर्षण गरेका छन् । मंगलबार बसेको  प्रतिनिधिसभाको दोस्रो बैठकमा हरेक दलका प्रतिनिधिले नयाँ सरकारलाई शुभकामना दिएपनि सांसद राजेन्द्र लिङ्देनको नाम आएन ।

सभामुखले आफ्नो नाम नै नलिएपछि उनी आफ्नो स्थानबाट उठेर ध्यानाकर्षण गराएका थिए । जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकामा रहेका महन्थ ठाकुरले के छ भनेर सोधेपछि उनले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यो पार्टीको सदस्य पनि रहेको ध्यानाकर्षण गराउँदै रोष्टम प्रयोग गरेर आफ्ना कुरा राख्न चाहेको बताए ।

तर, ठाकुरले उनको नाम नआएको भन्दै बोल्न नमिल्ने बताए । तर, सभा सञ्चालनमा सहयोग गरिरहेका सांसद सचिवालयका कर्मचारीले हुन्छ भनिदिनुस् भनेपछि ठाकुरले ‘हुन्छ आउनु’ भनेर बोलाएका थिए । त्यतिबेला संसद हलमा उपस्थित सांसदहरु हाँसेका थिए ।

बोल्ने अनुमति पाएपछि रोष्टममा पुगेका लिङ्देनले भ्रष्टाचार गर्नु आमारको रगत खाए सरह हुने बताए । सांसदको सपथ दिँदा नै भ्रष्टाचार नगर्ने प्रतिवद्धता ठूलो स्वरमा गर्न चाहेको तर, नमिलेको लिङ्देनले बताए । आफूले सपथ पत्रमा भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हुने लेखेको भन्दै भ्रष्टाचार नगर्ने बाचा गर्न अन्य सांसदहरुलाई पनि आहृवान गरे ।

सांसद लिङ्देन प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सहयोगमा झापा ३ बाट निर्वाचित भएका थिए । उनको पार्टीले थ्रेसहोल्ड नकटाएपछि राष्ट्रिय दलको मान्यता पाएको छैन । राष्ट्रिय दलको मान्यता नपाएका दलबाट निर्वाचित भएका सांसदहरु स्वतन्त्रको हैसियतमा रहन्छन् ।