३ कार्तिक २०८३, मंगलबार

देउवाको बधाइपछि ओली मुस्कुराए, सिटबाट उठेर देउवाको स्वागत

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २२ फागुन । प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई बधाइ तथा शुभकामना दिएका छन् ।

संसदको मंगलबारको बैठकमा सम्बोधन गर्दै देउवाले पार्टीको तर्फबाट ओलीलाई औपचारिक रुपमा बधाइ तथा शुभकामना दिएका हुन् । उनले भने, ‘चुनाव हुन्न भन्नुभएको थियो । चुनाव भएपछि प्रधानमन्त्री बन्नुभएको छ । बधाइ छ । शुभकामना छ ।’

देउवाले कटाक्ष गरेर शुभकामना र बधाइ दिइरहेका बेला प्रधानमन्त्री ओली भने मुस्कुराई रहेका थिए । आफ्नो मन्तव्य सकेर देउवा रोष्टमबाट फर्कदै गर्दा ओली आफ्नो सिटबाट उभिएर धन्यावाद दिएका थिए । देउवा पनि ओली नजिकै पुगेर हात मिलाएर छुट्टिएका थिए ।

आफ्नो नेतृत्वको सरकारका बेला संविधान संशोधन गर्ने प्रयास आफूले गरेको भन्दै देउवाले भने, ‘केही कामहरू बाँकी छन् । यो सरकारले गरोस् ।’

देउवाले विकास र देशको उन्नतीमा वर्तमान सरकारले ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘देश विकासका लागि कांग्रेसको साथ रहनेछ । राम्रो काम होस् भन्ने चाहन्छु ।’

सत्तापक्षले कसरी काम गर्छ भन्ने कुरा आफूहरूले हेर्नुपर्ने बताएका देउवाले वर्तमान सरकारले संविधानको रक्षा गरोस् भनेर सुझाव दिए । उनले सरकारको कार्यकालका लागि बधाइ दिए ।