४ कार्तिक २०८३, बुधबार

लमजुङे कलाकारहरु रोशन र सुनिताको स्वरमा नयाँ गीत

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लमजुङे कलाकारहरु रोशन कुताल क्षेत्री र सुनिता अधिकारीको स्वरमा सजिएको नयाँ गीतको छायाँकन सकिएको छ ।

गीतमा रमेश बिजीको शब्द र गायक कुतालकै लय छ । रिना थापा मगर र विवेक खड्काको अभिनय रहेको गीतको शनिबार काठमाडौँमा छायांकन सकिएको छ । जसलाई शिव विश्वकर्माले निर्देशन र शम्भु चालिसेले क्यामरामा कैद गरेका छन् ।

गीतमा लमजुङप्रतिको माया दर्साइएको छ । जसको एउटा टुक्का यस्तो छः

देउरालीको वर
मायाको कहाँ होला घर थाहा छैन
मेरो लमजुङ घर

लोक गीत र संगीतको खानीमा लमजुङलाई जोडेर पछिल्लोपटक खासै गीतहरु बजारमा आएका छैनन् । त्यसैले लमजुङे कलाकारहरु रोशन र सुनिताको यो गीतलाई धेरै लमजुङेले माया गर्ने अपेक्षा गरिएको छ ।

‘छिट्टै बजारमा ल्याउने कोसिस गरिरहेको छु, दर्शक र हरुले अत्याधिक मन पराइदिनुहुन्छ भन्ने विश्वास छ’- गायक कुतालले दैनिक नेपालसँग भने ।