४ कार्तिक २०८३, बुधबार

ओस्कार विजेता फिल्म ‘द शेप अफ वाटर’को कस्तो छ कथा ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । यस वर्षको ९०औँ अकैडमी अवार्ड ओस्कर्स २०१८ मा बेस्ट फिल्मको अवार्ड अमेरिकन फिल्म ‘द शेप अफ वाटर’ले पाएको छ ।

बेस्ट फिल्मका साथै यस फिल्मले ३ अरु अवार्ड पनि अफ्नो पोल्टामा हालेको छ । बेस्ट फिल्मका साथै ‘द शेप आफ वाटर’ बेस्ट डायरेक्शन, ओरिजनल स्कोर, बेस्ट प्रोडक्शन डिजाइनको अवार्ड पनि जितेको छ ।

फिल्ममानारी पानी जस्तै हो भनेर देखाउन खोजिएको छ । पानीले जहा पनि आफूलाई समाहित गर्न सक्छ । त्यही रुपमा देखाउन खोजिएको छ ।

यो फिल्म कोल्ड वारको पृष्ठभूमिमा आधारित छ । जसमा यसको कथा एक्ली महिलाको अगाडि पछाडि घुमेको छ । फिल्ममा ती महिला अमेरिकाको बाल्टीमोरस्थित एक गुप्त प्रयोशालामा चौकीदारको काम गर्छिन् । ती महिला एलिसा एस्पोसितोको अभिनय सैली हाकिन्सले निभाएकी छिन् । ती महिलाको जिंदगीमा नाटकीय बदलाव आउँछ । एक रहस्यमयी समुद्री जीवसँग उनको माया बसेपछि जीवनमा नाटकीय बदलाव आएको फिल्ममा देखाइएको छ ।

समुद्री जीवलाई साउथ अमेरिकाको कर्नल रिचर्ड स्ट्रिकलैंडबाट ल्याइएको हो । कर्नल स्ट्रिकलैंडको भूमिका माइकल शैननले निभाएका छन् । कर्नल स्ट्रिकलैंड यस जीवलाई सम्पत्ति या खजानाका रुपमा लिन्छन् ।

कर्नल स्ट्रिकलैंड यस जीवलाई नराम्रोसँग सताउँछन् । किन भने त्यो जीव हानिकारक हो भन्ने उनलाई लाग्छ । तर एलिसा त्यो जीवको नजिक आउँदा उसप्रति मायालु हुन्छ । यो जीव एलिसालाई माया गर्छ भन्ने महशुस हुन्छ । त्यो जीव र एलिसाका बीच भावनात्मक लगावलाई फिल्ममा देखाइएको छ ।

एलिसा त्यस जीवलाई आफ्नो बाथटबमा नुनको प्याकेटका साथ रखेकी हुन्छिन् । पछि त्यसलाई समुन्द्रमा छाड्ने भनेर सोँचेकी हुन्छिन् । समयसँगै एलिसालाई थाहा हुन्छ कि त्यो जीवसँग शक्ति हुन्छ भनेर । एलिसाले आफ्नो बाथरूममा त्यो जीवसँग सेक्ससम्बन्ध पनि राख्छिन् । केही समयपछि त्यो जीवको स्वास्थ्य खराब हुन थाल्छ । त्यसलाई समुन्द्रमा छाड्न जान्छिन् तर, कर्नल स्ट्रिकलैंडले खोजेर फेला पार्छ । कर्नल स्ट्रिकलैंड एलिसा र त्यो जीवमाथि गोली चलाउँछ । तर, जीवमाथि गोलीको कुनै असर पर्दैन । जीवले कर्नलको हत्या गरिदिन्छ ।

त्यसपछि त्यो अचम्मको जीवले एलिसार्ला समुन्द्रमा लैजान्छ । एलिसालाई लागेको चोटहरू निको हुन्छन् । एलिसा सधै जीवसँग समुन्द्रमा खुसीको जीवन विताउँछिन् । – एजेन्सी