२ कार्तिक २०८३, सोमबार

सशस्त्रले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल प्रतियोगिता गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ संचालन हुने भएको छ ।

प्रतियोगिता समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराए । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले नेपाल एपीएफ क्लबका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै देश र संगठनको इज्जत प्रतिष्ठा बढाएको उल्लेख गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा लगायत म्याण्डेटभित्रको आफ्नो नियिमित कार्यसँगै खेलकुदको विकासमा समेत विशिष्ट योगदान पु¥याउँदै आएको चर्चा गर्दैै राष्ट्रिय स्तरका यी प्रतियोगिताहरुलाई निरन्तर रुपमा संचालन गरिरहेको बताए । सम्बन्धित खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम अनुसार संचालन हुने उक्त तीनवटै प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको । दशवटा इभेन्ट्सहरु समावेश व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको छ भने १३ वटा इभेन्ट्सहरु समावेश लनटेनिस प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले जानकारी दिए ।

व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको बताए ।

यसैगरी उनले महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको जानकारी दिए । यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

लनटेनिसतर्फ कै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ नै रहेको छ ।