२ कार्तिक २०८३, सोमबार

नेपाल जिम्बावेसँग ११६ रनले पराजित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । आइसीसी एकदिवसीय विश्वकप छनौटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको छ ।

जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि शरद भेषावकरले सर्वाधिक ५२ रन बनाए भने आरिफ शेखले ५० रन बनाए । त्यस्तै कप्तान पारस खड्का ४० रन, दिपेन्द्रसिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले ३२, रोहितकुमार पौडेलले ३० रन बनाए ।

यसअघि टस जितेर ब्यटिङ रोजेको जिम्बावेले नेपाल सामु ३ सय ८१ रनको विशाल लक्ष्य पेश गरेको थियो । जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाएको थियो । जिम्बावेका सिकन्दर राजा र ब्रेण्डन टेलरले शतक प्रहार गरे । राजाले सर्वाधिक १२३ रन र टेलरले १०० रन बनाए । त्यस्तै, सोलोमोन मिरेले ५२, सेफस जुवाओले ४१ तथा क्रेग एर्भिनले ३४ बनाउन सफल भए ।

नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले २/२ तथा सन्दीप लामिछाने र ललित राजबंशीले समान १ विकेट लिए ।