काठमाडौँ, २० फागुन । आइसीसी एकदिवसीय विश्वकप छनौटको पहिलो खेलमा नेपाल आइतबार आयोजक जिम्बावेको सामना गर्दैछ । टस जितेर ब्यटिङ रोजेको जिम्बावेले नेपाल सामु ३ सय ८१ रनको विशाल लक्ष्य पेश गरेको छ ।
जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाएको छ । जिम्बावेका सिकन्दर राजा र ब्रेण्डन टेलरले शतक प्रहार गरे । राजाले सर्वाधिक १२३ रन र टेलरले १०० रन बनाए । त्यस्तै, सोलोमोन मिरेले ५२, सेफस जुवाओले ४१ तथा क्रेग एर्भिनले ३४ बनाउन सफल भए ।
नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले २/२ तथा सन्दीप लामिछाने र ललित राजबंशीले समान १ विकेट लिए ।
नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।















प्रतिक्रिया