काठमाडौँ, २० फागुन । आइसीसी एकदिवसीय विश्वकप छनौटको पहिलो खेलमा नेपालले आइतबार आयोजक जिम्बावेको सामना गर्दैछ । नेपाल र जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ समूह ‘बी’मा परेका छन् ।
नेपाल र जिम्बावेबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बाट सुरू हुनेछ । खेल बुलावायोस्थित क्विन्स स्पोर्ट क्लबमा हुनेछ । टेस्ट मान्यता पाएको जिम्बावेसँग एकदिवसीय खेलमा नेपाल पहिलो पटक भिड्न लागेको हो ।
यो प्रतियोगिताका विजेता र उपविजेता आगामी वर्ष इंग्ल्याण्डमा हुने विश्वकप खेल्ने छन् । नेदरल्याण्ड र एसोसियट राष्ट्रमध्ये उत्कृष्ट ३ टोलीले एक दिवसीय राष्ट्रको मान्यता पाउने छन् ।
नेपाली टोलीः
पारस खड्का (कप्तान), दीपेन्द्र ऐरी, ललित भण्डारी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, ललित राजवंशी, बसन्त रेग्मी, अनिल कुमार शाह, आरिफ शेख, शरद भेषावर ।
जिम्वावे टोलीः
ग्रेम क्रिमर (कप्तान), तेन्डाई चटारा, तेन्डाई चिसोरा, क्रेग इर्भिन, केल जर्भिस, ह्यामिल्टन मसाकान्डा, सोलोमन मुरे, पिटर मुर, ब्लेसिङ मुजाराबानी, सिकन्दर राजा, ब्रेन्डन टेलर, ब्राइन भिटोरी, माल्कोल वालर, सिन विलियम्स, सेफास जुवाव ।















प्रतिक्रिया