काठमाडौं । डा.केशव शर्माको शब्दमा ‘सुसेल्दै तिमीले…’ बोलको गीत रेकर्ड भएको छ ।
संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीत गरिएको यो गीतमा स्वर सीडी विजय अधिकारीले दिएका छन् । स्वर, संगीत र शब्दको संयोजकले गीत राम्रो बनेको श्रेष्ठले बताए ।
‘लामो समयपछि राम्रो गीत रेकर्ड भएको छ’, श्रेष्ठले भने, ‘नयाँ जागर र जोशका साथ हाम्रो टिमले गीत बनाएको छ ।’
गीतका एरेञ्जर देवेन्द्र नेवाः हुन् भने रेकर्डिष्ट मर्कुस दास रहेको संगीतकार श्रेष्ठले जानकारी दिए ।















प्रतिक्रिया