१ कार्तिक २०८३, आइतबार

सानिमा बैंकद्वारा धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख सहयोग

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग गरेको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी गएको माघ २३ गते बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।

बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको छ । बैंकका सन्चालक तुकप्रसाद पौडेलले २१ लाखको चेक हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई स्रहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेलले, उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै बैंकिङ्ग क्षेत्रबाट अहिले सम्मको सबै भन्दा ठूलो धन राशी सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं उनले यो रकम सगैं बस्ती निर्माणमा अपुग रकम जुटेको बताए । त्यसै गरी फाउन्डेसनकी कुञ्जना घिमिरले फोउण्डेशनलाई बिश्वास गरेकोमा धन्यवाद दिदै सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनको पाठ सिक्नु पर्ने बताए । साथै आफ्नो कलाकारितामा मात्र सीमित नरहि समाज सेवामा लागेकोमा धुर्मुस–सुन्तलीप्रति कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. सञ्जाल रहेका छन् ।